घरमा आगलागी हुँदा झण्डै १० लाखको क्षति

पाल्पा, कार्तिक २९
पाल्पामा एक घरमा भएको आगलागी बाट झण्डै १० लाखको क्षति भएको छ । रैनादेवीछहरा गाउँपालिका ४ का पुर्ण बहादुर रानाको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ । ढुङ्गा माटा बनी जस्ता पाताको छानो भएको ३ तले घरमा आगलागी भएको हो ।

अचानक बिद्युत सर्ट भई आगोलाग्दा घर भित्रका नगद, गरगहना, लत्ताकपडा, अन्नपात,भाडाबर्तन गरी ९ लाख ९० हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *