परदेशमा ज्यान गुमाएका पूर्ब खेलाडीका परिवारलाई आर्थिक सहयोग

पाल्पा, कार्तिक २९
गत बर्ष यू,ए,ई मा ज्यान गुमाएका पाल्पा आई,टि,एफ् तेक्वाण्डोका पूर्ब खेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका छन् । शनिबार स्वर्गिय जर्घाको आमालाई भेटेर पाल्पा आई,टि, एफ,का प्रशिक्षकहरुले २५ हजार नगद सहयोग गरेका हुन् । पूर्बखोला गाउँपालिका ४ देबीनगर, पाल्पा निवासी स्वर्गिय मोहन जर्घाको यू.ए.ई गएको केही महिनामै सडक दुर्घटनामा ज्यान गएको थियो ।

तानसेन आई,टि,एफ, प्रिपरेटरी, मदरल्याण्ड,आवाशिय, बिजु, बृन्दाबन, मालागिरी र ताहु तेक्वाण्डो डोजाङका खेलाडी तथा प्रशिक्षक र पूर्ब खेलाडी एबम् प्रशिक्षकहरु निर बहादुर सारु, सुरज थापा, देब पचभैया, पत्रकार दिपक भटराई लगाएले गरेको आर्थिक सहयोग प्रदान गरिएको पाल्पा आई,टि,एफ्का उपाध्यक्ष एवम् अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण गर्दे पाल्पा आई,टि,एफ्का अध्यक्ष एबम् अन्र्तराष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले दुख र समस्या पर्दा खेलाडीको पक्षमा सहयोग गर्नेहरु धेरै छन् भन्ने हेतुले स्वर्गिय जर्घाको परिवारलाई आर्थिक सहगोग गरिएको बताउनुभयो ।

कार्यक्रममा पाल्पा आई,टि,एफ्का प्रशिक्षकहरु सुरज थापा, श्याम बहादुर गाहा, बिष्णु कुमार बस्याल लगाएतको सहभागीता थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *