पाल्पाका कोरोना संक्रमित पुरुषको ज्यान गयो

पाल्पा, कार्तिक २८
पाल्पामा कोरोना संक्रमित थप एक पुरुषको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण बाट रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षिय पुरुषको ज्यान गएको हो ।  होम आइसोलेशनमा ज्यान गुमाएका ति पुरुषको गत २५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा निमोनिया र उच्च रक्तचापको समेत समस्या थियो । शुक्रबार ज्यान गुमाएका पुरुष संगै संक्रमण बाट पाल्पामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार शुक्रबार पाल्पामा थप १८ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । तानसेन नगरपालिका तथा अस्पतालहरुमा १२ जना, निस्दी गाउँपालिकामा २, रैनादेबी छहरा गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा १ र माथागढी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । शुक्रबार थपिएका १८ संगै पाल्पामा संक्रमितको संख्या १३ सय ४४ पुगेको छ । संक्रमित मध्ये १ हजार ९४ जनाले कोरोना जितेर निको भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *