गुल्मी, कार्तिक २८
गुल्मीमा भएको जीप दुर्घटनामा चालकको ज्यान गएको छ । घाइते ७ जनाको पाल्पामा उपचार भैरहेको छ । गुल्मीको गुल्मीदरवार गाउँपालिका २ मजुवाबाट हटियाका लागि छुटेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षिय खेम बहादुर गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । जीपमा रहेका ७ मध्ये ३ जना गम्भीर, २ मध्यम र २ जना सामान्य रहेका प्रहरीको भनाई छ । घाइतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार भैरहेको छ ।