बस दुर्घटनामा ९ जनाको ज्यान गयो, २५ जना घाइते

बैतडी, कात्तिक २८
तिहारको मुखैमा बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति दुर्घटनामा परको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार ६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको मात्रै नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको छ । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको हो । घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *