बुधबार पाल्पामा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक २६
बुधबार दिउँसो प्राप्त नतिजा अनुसार पाल्पामा थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १७ जनामा संक्रमणको पुष्टि भएको हो । त्यस्तै रामपुर नगरपालिका तथा अस्पतालहरुमा ३ जना र माथागढी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण भएको छ । बुधबार थपिएका २२ संगै पाल्पामा कुल संक्रमितको संख्या १३ सय ११ पुगेको छ । संक्रमित मध्ये १ हजार ९४ जना निको भएका छन् । २ सय ४ जना सक्रिय संक्रमित रहेको पाल्पामा कोरोना संक्रमण बाट १३ जनाले ज्यान गुमाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *