पाल्पामा दाउराको मायाले नदीमा पस्दा बेपत्ता

पाल्पा,कार्तिक २६
पाल्पामा दाउरा छोप्न नदीमा पस्दा एक यूवा बेपत्ता भएका छन् । गल्याङ नगरपालिका ९ स्याङ्जाका ३६ वर्षिय सुवास बोटे बेपत्ता भएका हुन् । रामपुर नगरपालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदी किनारमा दाउरा छोप्ने क्रममा सुवास बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । स्थानीय लक्ष्मणमाझी, छोप बहादुर बोटे र बुद्धे बोटे संगै उनीहरु नदी किनारमा दाउरा छोप्न गएका थिए । तिहारलाई खर्च जुटाउन भन्दै उनीहरु नदीले बगाएर ल्याएका दाउरा समाउन नदीमा गएको स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *