पाल्पा, कार्तिक २५
मंगलबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालमा ७ जना, रम्भा गाउँपालिकामा २, रैनादेबी छहरा गाउँपालिकामा २ जना, रिब्दीकोटमा १, तिनाउँ गाउँपालिकामा १ र रामपुर नगरपालिका तथा अस्पतालमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मंगलबार थपिएका १४ संगै पाल्पामा संक्रमितको संख्या १२ सय ८९ पुगेको छ । ६७ जना स्वास्थ्य कर्मी र १ जना स्वयम् सेविकामा समेत संक्रमण भएको पाल्पामा १ हजार ८२ जनाले कोरोना जितेका छन् ।