आउँदो फागुनमा मगरसंघको १२ औ महाधिवेशन रोल्पामा हुँदै

पाल्पा, कार्तिक २५,
नेपाल मगर संघको १२ औ राष्ट्रिय महाधिवेशन रोल्पामा हुने भएको छ । आगामी फागुन १५ देखि १८ गते सम्म लुम्बिनी प्रदेशको रोल्पामा महाधिवेशन सम्पन्न गर्ने गरि मूल आयोजक समिति समेत गठन गरिएको संघका अध्यक्ष नबिन रोका मगरले जानकारी दिनुभयो । मूल आयोजक समितिमा केन्द्रीय समितिका सबै पदाधिकारी, सदस्यहरु, भातृसँस्थाका अध्यक्षहरु, वैदेशिक शाखाको अध्यक्षहरु, प्रदेश समितिका अध्यक्ष र जिल्ला समितिका अध्यक्षहरु सदस्य रहेका छन् । समितिले आवश्यक अनुसार विभिन्न उपसमितिहरु ( खाद्य व्यवस्थापन, आवास व्यवस्थापन, ¥याली व्यवस्थापन आदि ) गठन गरि व्यवस्थापकीय कार्य गर्ने गरि अख्तियारी दिने निर्णय समेत गरेको छ । व्यवस्थापन सम्बन्धी कार्य गर्न र सम्पूर्ण तयारीका लागि सचिवालयको सम्पर्क कार्यालय, रोल्पाको लिबाङमा स्थापना गरि सुचारु गर्ने समेत निर्णय गरेको अध्यक्ष रोकाले जानकारी दिनुभयो । संघको हालै सम्पन्न भर्चुअल बैठकले मगर संघकी संघिय कोषाध्यक्ष कमला थापाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, केन्द्रीय संगठन सचिव जगतबहादुर रेश्मीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, अध्यक्ष नवीन रोकाको संयोजकत्वमा भावी कार्यदिशा तथा प्रतिवेदन तयारी समिति, महासचिव ज्ञानेन्द्र पुनको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति गठन गरेको छ ।
संघका विदेश सचिव रक्षबहादुर रैकाको संयोजकत्वमा विधान संशोधन मस्यौदा तयारी समिति, कोषाध्यक्ष कमला थापाको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति, भाषिक उपाध्यक्षत्रय दलबहादुर वीरकट्टा, पूर्णबहादुर घर्ती र भीम रोकायको संयोजकत्वमा भाषा तथा लिपि प्रतिवेदन तयारी समिति, उपाध्यक्ष गंगा खासुको संयोजकत्वमा अतिथि सत्कार समिति, सञ्चार सचिव खड्ग बुढाको संयोजकत्वमा प्रचारप्रसार तथा प्रकाशन समिति, केन्द्रीय सदस्य एवम् युवा इञ्चार्ज अशोक सारूको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ । महाधिवेशनको निर्वाचन प्रक्रिया तथा बन्दसत्र सञ्चालनका लागि संघका संस्थापक महासचिव सुरेश आलेको संयोजकत्वमा अध्यक्ष मण्डल तथा निर्वाचन समिति गठन गरिएको छ ।
नेपाल मगर संघको गाउँपालिका÷नगरपालिका अधिवेशन २०७७ मंसिर मसान्त भित्र, जिल्ला अधिवेशन २०७७ पौष मसान्त भित्र, प्रदेश अधिवेशन २०७७ माघ मसान्त भित्र, त्यसैगरि विधानत कार्यकाल पुरा भएका संघको भात्री सँस्था र विदेश शाखाहरुको महाधिवेशन २०७७ माघ मसान्त भित्र गर्नुपर्ने निर्णय समेत भएको नेपाल मगर संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *