सोमबार पाल्पामा २४ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक २४
सोमबार पाल्पामा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १८ जना, पूर्वखोला गाउँपालिकामा ३ जना, रिब्दीकोटमा १, बगनासकालीमा १ र रामपुर नगर तथा अस्पतामा १ जनामा संक्रमणको पुष्टि भएको हो । सोमबार थपिएका संगै पाल्पामा कोरोना संक्रमितको संख्या १२ सय ७५ पुगेको छ । संक्रमित मध्ये १ हजार ८२ जना निको भएका छन् भने पाल्पामा १ सय ८० जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमण बाट जिल्लामा १३ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *