स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा ज्यान गयो

पाल्पा, कार्तिक २३,
स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा आइतबार बिहान पाल्पामा ज्यान गएको छ । गल्याङ नगरपालिका ७ का ५१ बर्षिय पुरुषको उपचारका क्रममा प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि १६ गते मेडिकल वार्डमा भर्ना भई उपचाररत हुँदा १८ गते उहाँमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । बिहान पौने ८ बजे उहाँको ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ । यो संगै पाल्पामा कोरोना संक्रमित भई ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *