गहना र पैसा लुट्ने आफ्नै बुहारी परेपछि…

पाल्पा, कार्तिक २२
पाल्पाको रामपुर ८ ढकालचौपारीमा गहना र रकम लुटपाटमा आफ्नै बुहारी संलग्न भएको खुलेको छ । स्थानीय ६९ वर्षिय मन कुमारी श्रेष्ठको गएको मंगलबार खुकुरी देखाएर सुन र नगद लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार घटनामा संलग्न भएको आरोपमा मन कुमारीकै बुहारी ३५ वर्षिया राममाया श्रेष्ठ र छिमेकी ३० वर्षिय माधन पंगेनी पक्राउ परेका छन् । उनीहरुले ३ लाख ५८ हजार नगद र करिब ९ लाख बढी रकमको सुन लुटपाट गरेका थिए । उनीहरुले लुकाइछिपाई राखेको गहना र नगद समेत बरामद गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *