पाल्पा, कार्तिक २२
पौडी खेल्ने क्रममा नदीमा डुबेर शनिबार पाल्पामा एक युवकको ज्यान गएको छ । तानसेन नगरपालिका १ गैरागाउँका २१ वर्षिय बिनित बस्यालको ज्यान गएको हो । रानीघाट दरबार निरको कालीनदीमा पौडी खेल्ने क्रममा उनी डुबेका हुन् । संगै पौडी खेलेका अर्का यूवा भने नदी पारगरेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । स्थानीयका अनुसार ज्यान गुमाएका बस्याल पानीको भुमरीमा परेका थिए ।
उनको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।