बिहिबार पाल्पामा थप २८ जनामा कोरोना पुष्टि

पाल्पा, कार्तिक २०
बिहिबार पाल्पामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पा अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा १४ जना, तिनाँउ गाउँपालिकामा ६ जना, रामपुर नगरपालिका तथा अस्पतालमा गरि ४ जना, माथागढी गाउँपालिकामा ३ जना र रम्भा गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो । बिहिबार थपिएका संगै पाल्पामा संक्रमितको संख्या १२ सय ७ पुगेको छ । संक्रमित मध्ये एक हजार ८ जना निको भएका छन् । पाल्पामा १८६ सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमण बाट पाल्पामा १३ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *