पाल्पा, कार्तिक २०,
पाल्पामा २ पुरुषको ज्यान गएपछि बल्ल कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा ज्यान गुमाएका तिनाउ गाउँपालिका ६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका २ का ६६ वर्षीय पुरूषको ज्यान गएपछि मात्रै कोरोना पोजेटिभको पुष्टि भएको हो । अत्यधिक सुगरकम भएको भन्दै गएको गंगलबार अस्पताल भर्ना भएका ४४ वर्षीय डुम्रेका पुरुषको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो । उनको मृत्यू पछि स्वास्थ्य कर्मीले आफन्तलाई नै शवलाई पलास्टीले बेर्न लगाएका थिए ।
बिहिबार बिहान मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार माथागढी गाउँपालिका २ का ६६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । बिहिबार ज्यान गुमाएका २ जना संगै पाल्पामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।