कालीगण्डकी करिडोरमा पुरिएका मजदुरको खोजी चल्दै

नवलपरासी, कार्तिक १९
कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएका मजदुरहरुको खोजी कार्य चलिरहेको छ । नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको बुलिङटार गाउँपालिका ३ मा कालीगण्डकी करिडोर निर्माण कार्यमा रहेका मजदुरहरुलाई पहिरोले पुरेको हो । बुधबार बेलुकी ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिरोले पुरेको प्रहरीको भनाई छ । पहिरोमा कति पुरिएका छन भन्ने यकिन भएको छैन । पुरिएका दुई जनाको भने जिवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । स्थानीयका अनुसार पहिरोमा पाँच जना पुरिएको संका छ । अहिले प्रहरी र स्थानीयले हराएकाहरुको खोजी गरिरहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *