पाल्पामा कोरोना संक्रमण बाट स्वास्थ्यकर्मीको ज्यान गयो

पाल्पा, कार्तिक १८
पाल्पामा कोरोना संक्रमण बाट स्वास्थ्य कर्मीको ज्यान गएको छ । रामपुर नगरपालिका ७,पाल्पाका ४४ वर्षिय पुरुषको उपचारका क्रममा तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा मंगलबार ज्यान गएको हो । ज्यान गुमाउने पुरुष रामपुरमा मेडिकल हल संचालक समेत हुन् । गएको हप्ता देखि प्रभासमा रहेको कोभिड उपचार कक्षमा उपचार भैरहेको र स्वास्थ्यमा सुधार आएपछि उहाँलाई होम आईसुलेसनमा बस्नका लागि घर पठाईएको थियो ।सोमबार राती पुनः स्वास प्रस्वासमा समस्या आए मेडिकल कलेजमा भर्ना भई उपचाररत उहाको मंगलबार बिहान ज्यान गएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । मंगलबार ज्यान गुमाउने पुरुष संगै पाल्पामा कोरोना संक्रमण बाट ११ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *