सोमबार राती लामीडाँडामा भएको दुर्घटनामा २ जना घाइते, चालक फरार

पाल्पा, कार्तिक १८
सोमबार राती तानसेन लामीडाँडामा भएको कार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते मध्ये गल्याङ नगरपालिका ११, स्याङ्जाका ३० बर्षिय मदन अधिकारीको अवस्था गंभिर रहेको छ । उहाँको लुम्बिनी मेडिकल कलेज, प्रभासमा आई, सि,यूमा राखेर उपचार भैरहेको छ । अर्का घाइते गल्याङ नगरपालिका १ का ३७ सोमराज बिकको पनि लुम्बिनी मेडिकल कलेज, प्रभासमै उपचार भैरहेको छ ।
चालक गल्याङ १ का सुमन बस्याल फरार रहेको प्रहरीले जनाएको छ । बुटवलबाट ग १ च ९८६८ नम्बरको सेलेरियो कार रिर्जब गरि उनीहरु स्याङनाको मालुङ्जा हिडेको बुझिएको छ । कार लामीडाडाको पेट्रोल पम्प निरको कल्भर्टमा खसेको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *