पाल्पामा भएको दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौं लगिँदै

पाल्पा, कार्तिक १८
सोमबार बेलुकी पाल्पामा भएको दुर्घटनामा घाइते कोहोलपुर उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष ४८ वर्षिय चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वर्ष ४५ का किशोर आचार्यलाई थप उपचारका लागि काठमाण्डौं लगिने भएको छ । दुर्घटनाका घाइते दुबै जनाको अहिले तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा आई.सि.यूमा राखेर उपचार भैरहेको छ । आफन्तको आग्रहमा दुबै जनालाई हेलिकोप्टर काठमाण्डौ लाने तयारी भैरहेको छ । पाल्पा बाट पोखरा जाने क्रममा उहाँहरु सवार बा १८ च ४३४१ नम्बरको कार सोमबार बेलुकी बगनाशकाली गाउँपालिका ३ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा बाँके कोहोलपुर ११ निवासी चक्र अधिकारी र रोल्पा ४ लिवाङ निवासी किशोर आचार्य गंभिर घाइते हुनुभएको थियो । कार चालक समेत रहनुभएका चक्र अधिकारीको शरिरका बिभिन्न भागमा गंभिर चोट लागेको र किशोर आचार्यको टाउकोमा लागेको चोटको अप्रेशन गरिएको लुम्बिनी मेडिकल कलेज प्रशासनले जनाएको छ ।

उहाहरु आउँदै गरेको ब्यवशायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य संघको चुनाव प्रचारका लागि गुल्मी पुगेर पाल्पा हुँदै पोखरा जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । घाइते दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेका छन् । कार सडकबाट झण्डै १५० मिटर तल खसेको स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *