पाल्पामा भएको दुर्घटनामा कोहोलपुर र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

पाल्पा, कार्तिक १७
पाल्पामा सोमबार बेलुकी भएको कार दुर्घटनामा रोल्पा र कोहोलपुर उद्योग वाणिज्य संघका अध्यक्ष घाईते हुनुभएको छ । बगनाशकाली गाउँपालिका ३ मा भएको दुर्घटनामा कोहोलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य घाईते हुनुभएको हो । चुनाव प्रचारका लागि पाल्पा बाट पोखराका लागि हिडेको बा १८ च ४३४१ नम्बरको कार दुर्घटना भएको हो । घाईते दुबै जनाको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गुल्मी बाट पाल्पा हुँदै पोखरा जाने क्रममा दुर्घटना भएको पाल्पा उद्योग बाणिज्य संघले जनाएको छ । घाइते दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको र जिल्लाका ब्यवशायीहरुलाई भेट्दै हिड्ने क्रममा दुर्घटनामा परेको ब्यवशायीहरुले जनाएका छन् । कार सडकबाट झण्डै १५० मिटर तल खसेको स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *