गुडिरहेको मोटरसाइकल तिनाउँखोलामा खस्यो

पाल्पा, कार्तिक १५
पाल्पामा गुडिरहेको मोटरसाईकल तिनाउँ नदीमा खस्दा दुई जना गंभिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाईकल चालक बगनासकाली ४, खानीछापका २९ बर्षिय रुक बहादुर हिस्की र मोटरसाईकल पछाडि बस्ने तिनाउँ गाउँपालिका ३ का १८ बर्षिय दान बहादुर लम्तरी गंभिर घाइते भएका हुन् । घाइते दुबैको अवस्था गंभिर रहेको र उपचारका लागि उनीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पाल्पा बाट बुटवलका लागि छुटेको लु ९ प ७१५६ नम्बरको मोटरसाईकल शनिबार बेलुकी ७ बजेतिर माथिल्लो सिद्धबाबा नजिकै सडक बाट दुई सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *