शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक १५
शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका तथा अस्पतालहरुमा २५ जना, रिब्दीकोट गाउँपालिकामा २ जना, बगनाँसकाली गाउँपालिकामा ४ जना, पूर्बखोला गाउँपालिकामा २ र रम्भा गाउँपालिकामा १ जनामा संक्रमणको पुष्टि भएको हो । शनिबार थपिएका ३४ संगै पाल्पामा संक्रमितको संख्या ११ सय ५६ पुगेको छ । संक्रमित मध्ये ९ सय २७ जना निको भएका छन् भने पाल्पामा संक्रिय संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

संक्रमणकै कारण पाल्पामा १० जनाको ज्यान गएको छ । संक्रमित मध्ये ४ सय ४६ जना शमुदाय स्तरका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *