शुक्रबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक १४,
शुक्रबार पाल्पामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन नगरपालिका तथा अस्पतालहरुमा ७ जना, रिब्दीकोट गाउँपालिकामा ४, तिनाउँ, पूर्बखोला र माथागढी गाउँपालिकामा १ ÷१ जनामा संक्रमणको पुष्टि भएको हो । थपिएका १४ संगै पाल्पामा संक्रमितको संख्या ११ सय २२ पुगेको छ । संक्रमित मध्ये ८ सय ८० जना निको भएका छन् ।

४ सय १२ जना शमुदाय स्तरमा संक्रमणको पुष्टि भएको पाल्पामा २२२ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ६० जना स्वास्थ्य कर्मीमा समेत संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमण बाट पाल्पामा १० जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *