ट्रिप्परको ठक्कर बाट पाल्पामा बसमा सवार ८ जना घाइते

पाल्पा, कार्तिक १३,
ट्रिप्परले बसलाई ठक्कर दिदा पाल्पामा, ८ जना घाइते भएका छन् । पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ७ बाँसटारीमा भएको दुर्घटनाका घाईतेहरुको तानसेन, प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । पाल्पा बाट बुटवलका लागी छुटेको लोड बोकेको लु २ ख ३०६७ नम्बरको टिप्परले बुटवल बाट पाल्पाका लागि छुटेको लु १ ख ९९८२ बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटनामा बसका चालक रिब्दीकोट २ का ४५ बर्षिय केशब भटराई, रिब्दीकोट १ का २३ बर्र्षिय शालिकराम बिक, सोही स्थानका ५८ बर्षिय चन्द्र बहादुर सुनार, बुटवल उपमहानगर ३ रुपन्देही बस्ने १६ बर्षिया पुजा सुनार, पूर्बखोला गाउँपालिका ३ पाल्पाकी ३२ बर्षिया हिरादेबी राना, रिब्दीकोट गाउँपालिका ४ पाल्पाका ३४ बर्षिय शेर बहादुर थापा, तिलोत्तमा नगरपालिका ३, रुपन्देहीकी ७१ बर्षिया दुर्पता गैरे र नवरपरासी अस्नैया गणेशवस्ति बस्ने ६ बर्षिय योगेश घर्ती घाईते भएका हु्न् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *