टीका लगाउने समय बिहान १०ः१९ मा राम्रो

काठमाण्डौं, कार्तिक ९
यस वर्षको देशै टिका लगाउने समय बिहान १० १९ मा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमी टीकाको उत्तम साइत सोमबार बिहान १०ः१९ बजे तोकिएको हो । दसैँको मुख्य दिन सोमबार विजयादशमी हो । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि बिहान १०ः१९ बजेको साइत राम्रो रहेको हो ।

विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै समस्या नरहेको समितिको भनाई छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिले चलन पनि छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *