पाल्पा, कार्तिक ९
पाल्पामा कोरोना संक्रमितको संख्या झण्डै ११ सय पुगेको छ । आइतबार मात्रै थप ७ जनामा संक्रमणको पुष्टि भएको हो । ५ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, बगनासकाली गाउँपालिकामा २ र माथागढी गाउँपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । आइतबार थपिएका संगै पाल्पामा कोरोना संक्रमितको संख्या
१ हजार ९७ पुगेको छ । संक्रमित मध्ये ८ सय ३८ जना निको भएर घर फर्किएका छन् ।
२ सय ५० जना सक्रिय संक्रमित रहेका पाल्पामा संक्रमणकै कारण ९ जनाको ज्यान गएको छ ।