फोक्सिङकोटका पहिरो पिडितलाई गाउँलेको आर्थिक सहयोग

पाल्पा, कार्तिक ७
पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका ६ जनाको परिवार र घरवार बिहिन भएकाहरुलाई गाउँलेहरुले आर्थिक सहयोग गरेका छन् । वडा स्तरीय बिपद प्रकोप ब्यवस्थापन समितिको आब्हानमा गाउँलेहरुले प्रदान गरेको १ लाख ५१ हजार ९ सय १७ रुपियाँ क्षतिको हिसावले पिडितहरुलाई प्रदान गरिएको हो । शुक्रबार दुर्घटना स्थलमा एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष उमान सिं सारुले उनीहरुलाई सो रकम प्रदान गरेको समितिका सदस्य एबम् भवानी प्रा.बिका प्र.अ घन बहादुर सारुले जानकारी दिनुभयो ।

वडा अध्यक्ष उमान सिं सारुका अनुसार नारायण जर्घालाई ५ हजार ९ सय १७, मन बहादुर गाहालाई ३३ हजार ५ सय ८० रुपिँया, बिर बहादुर गाहालाई ३३ हजार ५ सय ८० रुपियाँ प्रदान गरिएको छ । मति सरा गाहालाई ३३ हजार ५ सय ८०, खुमिसरा आलेलाई २६ हजार २ सय ८० र दल बहादुर गाहालाई १८ हजार ९ सय ८० रुपिया प्रदान गरिएको हो । आफ्नो गक्ष अनुसार गाउँलेहरुले शय, दुई सय, पाँच सय तथा हजार रुपिया सम्म प्रदान गरेका थिए । स्थानीय ६० वर्षिय हुम बहादुर गाहा संगै उहाँकी श्रीमती ५० बर्षिया धनिसरा, कान्छी छोरी १७ बर्षिया कृष्णा माया र नातिनिहरु १४ बर्षिया खुमिसरा र ८ बर्षिषा लक्ष्मी गाहाको ज्यान गएको थियो । सोही दिन सोही वडाको सुरुङ्डाडा निवासी २७ बर्षिया मोतीसरा गाहाको समेत पहिरोले घर च्यापिँदा ज्यान गएको थियो ।

पहिरोले गाउँका १४ भन्दा धेरै घर जोखिममा रहका छन् । यस अघि पहिरोमा ज्यान गुमाएका आफन्तहरुका लागि पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *