सोमबार पाल्पामा ३० जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, कार्तिक ३
सोमबार पाल्पामा ३० जना कोरोना संक्रमित थपिएका छन् । तानसेनमा १५ जना, पूर्वखोला गाउँपालिकामा ६, निस्दीमा ३, रिब्दीकोटमा ३, बगनासकालीमा १ र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार सोमबार थपिएका २१ पुरुष र ९ महिला हुन् । थपिएका ३० जना संगै पाल्पामा संक्रमितको संख्या १ हजार २१ पुगेको छ । पाल्पामा सक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ । कोरोना संक्रमण बाट ६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *