पाल्पामा थप दुई जनाको कोरोना संक्रमण बाट ज्यान गयो

पाल्पा, कार्तिक ३
कोरोना संक्रमण बाट पाल्पामा थप दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार ज्यान गुमाउने तानसेन २ का ८५ वर्षीय पुरुष र तानसेन ७ का ३३ वर्षीय पुरुष हुन् । ३३ वर्षिय युवाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा ज्यान गएको हो । उनी निमोनियाका बिरामी थिए । तानसेन २ का पुरुषको युनाइटेड मिसन अस्पतालमा निधन भएको हो ।

यस अघि कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको थियो । पाल्पामा कोरोना संक्रमितको संख्या १ हजार २१ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *