पाल्पा, कार्तिक २
आईतबार पाल्पामा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार रामपुर नगरपालिकामा ११, तानसेन नगरभित्र ४ जना, पूर्वखोला गाउँपालिकामा १, रिब्दिकोट गाउँपालिकामा १ र निस्दी गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । थपिएका संक्रमित १० पुरुष र ९ जना महिला हुन् । थपिएका १९ संगै पाल्पामा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।
संक्रमित मध्ये ७ सय ५० जना निको भएर घर फर्किएका छन् । जिल्लामा २ सय ३७ जना सक्रिय संक्रमित छन् । संक्रमणकै कारण पाल्पामा ४ जनाको ज्यान गएको छ ।