पाल्पामा एकै दिन ७५ जनामा कोरोना संक्रमण

पाल्पा, कार्तिक १
शनिबार एकै दिन पाल्पामा ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा मात्रै १८ जनामा संक्रमणको पुष्टि भएको हो । तानसेन ६ मा ७ जना, वडा १ मा १ जना, वडा ४ मा ३ जना, वडा ३ मा २ जना, वडा १२ मा १ जना र वडा ९ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाकी ३ जनाको ठेगाना खुलेको छैन । शनिबार पुष्टिभएका मध्ये रामपुरमा २०, पूर्वखोलामा ९, रैनादेवीमा २, बगनासकाली गाउँपालिकामा १९, तिनाउँमा २ , रिब्दीकोटमा १ जना र अन्य अस्पतालका २ जना रहेका छन् । शनिवार थपिएका संक्रमितहरु अधिकांस समुदाय स्तरका रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

थपिएका ७५ जना संगै पाल्पामा संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । संक्रमित मध्ये ७ सय ५० जना निको भएर घर फर्किएका छन् । २ सय १५ जना सक्रिय संक्रमित रहेको पाल्पामा ३ सय ३० जना समुदाय स्तरका हुन् । ५० जना स्वास्थ्य कर्मीमा समेत संक्रमितको पुष्टि भएको छ । कोरोना संक्रमण बाट पाल्पामा ४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *