पाल्पा,असोज ३०
पाल्पामा शुक्रबार थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा ५ पुरुष र ३ महिला गरि ८ जना, तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला गरि ३ जना र रिब्दीकोट गाउँपालिकामा २ पुरुषमा संक्रमणको पुष्टि भएको हो । शुक्रबार थपिएका संगै पाल्पामा कोरोना संक्रमितको संख्या ८ सय ९४ पुगेको छ । २ सय ५७ जना शमुदाय स्तरका संक्रमित रहेको पाल्पामा १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । ४८ जना स्वास्थ्य कर्मीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय ५० जना निको भएर घर फर्किएका छन् ।कोरोना संक्रमण बाट पाल्पामा ४ जनाको ज्यान गएको छ ।