सशस्त्र प्रहरीमा भर्ती फारम पाल्पामै बुझाउन पाइने, योग्यता ८ पास भए पुग्ने

पाल्पा, असोज २९,
ठूलो संख्यामा खुलेको सशस्त्र प्रहरीको जवान पदका लागि योग्यता पुगेकाहरुले पाल्पा बाटै आवेदन फारम बुझाउन पाउने भएका छन् । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको साधारण समूह अन्र्तगत साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्धारा पद पुर्ति गरिने जनाइएको छ । यस अघि भर्नाका लागी कपिलबस्तु, चितवन, पोखरा लगाएतका स्थानमा पुगेर आवेदन दिनुपर्ने भएपनि यस बर्ष कोरोना संक्रमणको जोखिमलाई ख्याल गरेर पाल्पा बाट पनि आवेदन लिन शुरु गरिएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गुल्म हेडक्वाटर पाल्पाका प्रमुख, सशस्त्र प्रहरी नायब उपरिक्षक अरुण कुमार सिंहले जानकारी दिनुभयो । यही असोज २४ देखि शुरु भई कार्तिक २३ सम्म दरखास्त दिने अवधी तोकिएका छ ।

देशभर बाट जम्मा १८ सय ३३ पदक लागि खुलेको भर्नामा सहभागी हुन २०५५ साल असोज २४ गते देखि २०५९ असोज २४ सम्म जन्ममिति भएकाहरु हुनुपर्नेछ । आबेदन दिन नागरिकताको फोटोकपी, शैक्षिक योग्यताको प्रमाण पत्र (कक्षा ८ पासको अनिवार्य ) , हालसालै खिचेको पासपोर्ट साइजको ५ प्रति फोटो आवश्यक हुने सुचनामा उल्लेख गरिएको छ । अन्य जानकारीका लागी फोन गर्नुपरेमा तानसेन १ धुवघाटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर वा फोन नम्बर ०७५५२११७४ मा सम्पर्क गर्न सकिने प्रमख सिंहले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *