काठमाण्डौं, असोज २८,
मन्त्रिपरिषद्को पुनर्गठन भएको छ । प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णुप्रसाद पौडेलले पाउनुभएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफै राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ । सञ्चार मन्त्रालयको जिम्मेवारी ओलीको निकट नेता पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको छ । सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।
नयाँ थपिएका मन्त्रीहरु ओली निकटका मात्रै भएको भन्दै माधव नेपाल पक्षले मन्त्रीपरिषदको पुर्नगठनमा असन्तुष्टी जनाएको बताइएको छ । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ । नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने जनाइएको छ ।