तानसेनमा टेलिकमको इन्टरनेट जोड्ने ग्राहक बढे

पाल्पा, असोज २६,
तानसेनमा टेलिकमको इन्टरनेट जोड्ने ग्राहक बढेका छन् । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले वितरण गरिरहेको फाइवर इन्टरनेटका ग्राहक संख्या दिनानुदिन बढेका हुन् । २०७६ साउनदेखि वितरण शुरु गरेको फाईबर इन्टरनेट गत असार सम्ममा नै १२ सय ग्राहक थपिएका हुन् । अहिले कोरोना संक्रमणको जोखिम बढेकाले विद्यालय बन्द भई अनलाइन कक्षा चलिरहेकाले पनि ग्राहक थपिएको कार्यालयका प्रमुख ढाकाराम पौडेलको भनाई छ । थोरै पैसामा भनेजति व्याण्डविथ तथा राउटर र शय मिटर सम्म फाइवर निशुल्क भएकाले पनि निजि अरुको भन्दा टेलिकमको फाइवर इन्टरनेटको माग बढेको जनाइएको छ । यस आर्थिक बर्षमा पनि १८०० फाइवर इन्टरनेट ग्राहक थप गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । अहिले तानसेन बजार अन्तर्गत फाइवर इन्टरनेट सेवा नपुगेका बसपार्क–बडिज्ञानटोल–भिमसेनटोल–बारुदखान क्षेत्रमा नेटवर्क विस्तारको काम तिब्र रुपमा भैरहेको र सो क्षेत्रका ग्राहकले केही महिनाभित्रै सेवा लिन पाउने कार्यालयले जनाएको छ । उक्त क्षेत्रको नेटवर्क पछि काजीपौवा–बर्तुङ्ग, प्रभास–बाँसटारी, दमकडा–सराई, रामपुर र रिडिबजार लगायतका क्षेत्रमा नेटवर्क विस्तार हु्ने बताइएको छ ।

अहिले नेपाल टेलिकमको इन्डिभिजुअल अफर तर्फ फाइवर इन्टरनेटमा ८ एमबिपिएस देखि ५० एमबिपिएस सम्मका ब्याण्डविथ उपलब्ध छन् । कर्पोरेट ग्राहकतर्फ १० र २० एमबिपिएसको डेडिकेटेड बयाण्डविथ उपलब्ध छ । ल्याण्डलाइन ग्राहकहरुका लागि न्युनतम मासिक शुल्क बुझाउन नपर्नेगरि १५ एमबिपिएस देखि ६० एमबिपिएस सम्मका कम्बो अफर उपलब्ध रहेको पनि टेलिकमले जनाएको छ । फाइवर इन्टरनेट संगै फोरजीको काम पनि दु्रतरुपमा भइरहेको बताइएको छ । पाल्पामा फोरजीका ग्राहक पनि बढिरहेका छन् । फोरजी डाटा चलाउन शय रुपैयाँमा ४ जिबि र दुई सय रुपैयाँमा १० जिबि डाटा उपलब्ध भएकाले पनि फोरजी प्रयोगकर्ता बढेका अनुमान गरिएको छ । विद्यार्थीहरुका लागि निशुल्क रुपमा बिद्यार्थी पाठशाला सिम पनि वितरण भइरहेको कार्यालयले जनाएकोछ । जसबाट ज्बउउथ ीभबचलष्लन एबअपर भ(क्ष्पकजथब एबअप लिन सकिने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *