४ दिन सम्म दैनिक ३ घण्टा पाल्पा बुटवल सडक बन्द

पाल्पा, असोज २६,
सोमबार (२६ असोज )को बिहान ६ बजे देखि २९ गते सम्म पाल्पा बुटवल सडक दैनिक ३ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको चिडिया खोला देखि बर्तुङ सम्म पहिरो सफा गर्ने कार्य हुने भएकोले सडक आबागमन बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । आइतबार एक सुचना जारी गर्दे सडक डिभिजन कार्यालय, पाल्पाले यात्रुहरुमा पर्ने असुविधा प्रति क्षमा समेत मागेको छ ।

यो सडकमा दैनिक ५ हजार बढी साना ठूला सवारी साधन आउँ जाँउ गर्ने गरेका छन् । चाडबाडको समयमा दैनिक ३ घण्टा सडक बन्द भएपछि यात्रुहरुलाई धेरै समस्या हुने नागरिक अगुवाहरुले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *