पाल्पामा एकै दिन ३३ जनामा कोरोना संक्रमणको पुष्टि

पाल्पा, असोज २५,
पाल्पामा १६ जना समुदायस्तरका गरि एकै दिन ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिकामा ४ महिला र ४ पुरुष गरि ८ जना, माथागढी गाउँपालिकामा ७ पुरुष, रामपुर नगरपालिकामा २ पुरुष, रम्भा गाउँपालिकामा १ पुरुष र १ महिला गरि २ जना, निस्दि गाउँपालिकाका २ महिला र ३ पुरुष गरि ५ जना , रिब्दिकोट गाउँपालिकामा एक पुरुष र अस्पताल तथा अन्य जिल्लाका ८ जनामा संक्रमणको पुष्टि भएको हो । तानसेनमा संक्रमित पुष्टि भएकाहरु वडा नम्बर ६ का १ पुरुष र १ महिला, वडा नम्बर ५ मा १ पुरुष र एक महिला, वडा नम्बर ४ का एक पुरुष रहेका छन् । त्यस्तै तानसेन १४ की एक महिलामा संक्रमण पुष्टि भएको हो । तानसेन २ का एक पुरुष , र वडा नखुलेका एक महिलामा संक्रमणको पुष्टि भएको हो ।

जिल्ला अस्पताल पाल्पा र जनस्वास्थ्य प्रयोग शाला भैरहवामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । आईतबार थपिएका ३३ जना संगै पाल्पामा कोरोना संक्रमितको संख्या ८ सय ७२ पुगेको छ । क्रमित मध्ये ७ सय ३२ जना निको भएर घर फर्किएको जानकारी दिदै स्वास्थ्य कार्यालय, पाल्पाले जिल्लामा ४८ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना संक्रमकै कारण पाल्पामा ४ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *