बन्द पार्क, मन्दिर र भवन सफा गरि संचालन गर्न सशत्र प्रहरीको सहयोग

पाल्पा, असोज २४,
पाल्पामा पहिरोले बन्द भएको पार्क, मन्दिर र शामुदायिक भवन सफा गरि संचालनमा ल्याउन सशत्र प्रहरीले सहयोग गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गुल्म हेडक्वाटर पाल्पाको सहयोगमा तानसेन १ गैरागाउँ स्थित चण्डि युवा क्लबले चण्डि मन्दिर तथा चण्डि सामुदायिक भवन परिषरमा सरसफाई गरि संचालनमा ल्याएको होे । हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार सिंह सहित ५० जनाको टोली र चण्डि युवा क्लबका पदाधिकारी, सदस्य एवम् जनप्रतिनिधि समेतको सहभागीतामा सरसफाई गरिएको चण्डि युवा क्लबले जनाएको छ ।
बार्षिक रुपमा ससस्त्र प्रहरी बलले चाड पर्ब तथा सशस्त्र प्रहरी दिबशको उपलक्षमा स्थानीय मठ मन्दिर तथा सार्बजनिक स्थानहरुको सरसफाई गर्दै आएको जानकारी दिदै सोहि कार्यक्रम अनुसार शनिबार चण्डी मन्दिर तथा सार्बजनिक भवनको सरसफाई गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिंह जानकारी दिनुभयो । पहिरोले चण्डी मन्दिर परिसरमा रहेको पार्कमा समेत क्षति भएको थियो ।

पार्कमा रहेका खेल्ने सामान समेत मर्मत गरि पुन संचालनमा ल्याउन सशत्र प्रहरीले सहयोग गरेपछि स्थानीय खुशि भएका छन् । कोरोना संक्रमणका कारण बिद्यालय बन्द भएपछि टिभि र मोबाईलमा भुल्ने बालबालिकाहरु अव घर छिउकै पार्कमा खेल्न पाउने भएपछि निकै खुशि लागेको अभिभावकको भनाई छ । जिल्लाका धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण र सरसफाईमा सहयोग गर्दे आएको जानकारी दिदै सशस्त्र प्रहरीवल, पाल्पाले अर्को हप्ता तानसेन स्थित नारायणस्थान मन्दिर परिषरको सरसफाई गर्ने जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *