पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका सिल

पाल्पा, असोज २४,
शमुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेपछि पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिका शिल गरिएको छ । रामपुर नगरपालिकाले शनिबार राती १२ बजे देखि ३० गते बेलुकी सम्म र निस्दी गाउँपालिकाले कार्तिक १ गते राती सम्म शिल गरेको जनाएको छ । शुक्रबारमात्रै नगरभित्रका २४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नगरपालिकाले शिल गर्ने निर्णय गरेको हो ।

रामपुरमा समुदाय स्तरका ४९ र सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यस्तै निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित शुक्रबार १० जनामा कोरोना संक्रमणको पुष्टि भएपछि पालिका शिल गर्ने निर्णय भएको हो । निस्दी गाउँपालिकामा एक शय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमण बाट ४ जनाको ज्यान गएको पाल्पामा ८ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२४ जना समुदाय स्तर र ११४ जना सक्रिय संक्रमित पाल्पामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *