पाल्पा, असोज २३
पाल्पामा कोरोना परिक्षणको शुरुवात भएको छ । पाल्पा अस्पताले विहिवारबाट कोरोना परीक्षण सुरु भएको जनाएको हो । तानसेन होलाङ्डी स्थित तत्कालिन जिल्ला विकास समितिको सभाहल काजिपौवाको ल्यावमा परिक्षण शुरु भएको अस्पतालले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । हरेक दिन विहान ८ बजेदेखि २ बजेसम्म नाम दर्ता र सोही दिन स्वाव संकलन गर्ने तथा दिउँसो २ बजे पछि नाम दर्ता भएकाहरुको अर्को दिन मात्रै स्वाव लिईने अस्पतालले जनाएको छ ।
कोरोना परिक्षणका लागि नेपाल सरकारले तोकेको दुई हजार शुल्क लाग्ने जानकारी दिदै सुचनामा पालिकाहरु बाट आएकालाई स्वास्थ्य कार्यालयको सिफारिस भए निशुल्क परीक्षण हुने बताइएको छ ।