प्रदेश ५ को नाम लुम्बिनी हैन मगरात–थरुहट राख ः जनजाति महासंघ

काठमाडौं, असोज १८
नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी नभई मगरात थरुहट राख्न माग गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी राख्न प्रस्ताव गरेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै विरोध गर्दे प्रदेश ५ को नाम ऐतिहासिकताका आधारमा ‘मगरात–थरुहट’ हुनुपर्नेमा जोड दिएको हो ।
मगरात–थरुहट को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेशको मन्त्रीपरिषदमार्फत प्रदेश सभाले एकात्मक र केन्द्रीकृत , नश्लवादी चिन्तनबाट ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘लुम्बिनी’ प्रदेश नामाकरण गर्न लागेकोमा आपक्ती जनाउँदै जनजाति महासंघले बिज्ञप्ती मार्फत आदिवासी समुदाय र महासंघको तर्फवाट यस प्रक्रियाको समेत घोर निन्दा र भत्र्सना गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *