पाल्पा, असोज १६,
साहिलो छोरा बितेको एक बर्ष नहुँदै जेठो छोरा गुमाउनुभएकी रिब्दीकोट गाउँपालिका ७ डवकाकी ७७ वर्षिया विष्णु कुमारी लम्तरी मगरको भगवान संग प्रश्न छ, मलाई मात्रै दुःख किन ? ३ बर्षमा ३ छोरा गुमाउनु भएकी उहाँका श्रीमान्ले छोडेको पनि २१ बर्ष भैसक्यो । जेठा छोरा ५५ बर्षिय हरीबहादुर गएको सोमबार (असोज १२ ) मा गोठले च्यापिएर बिते । मजदुरी गर्दे आएका हरी बहादुरको छिमेकी पुतली बिकको गोठ मर्मतका क्रममा च्यापिएर ज्यान गएको हो । दुई वर्ष पहिले परिवारलाई सहारा दिने माहिलो छोरा पदमको भारतमा ज्यान गयो । स्थानीय एक बिद्यालयमा काम गर्दे आएका पदमको हृदयघाटका कारण ज्यान गएको हो ।
गत वर्षको फागुनमा साहिँलो छोरा कपिललाई गुमाएकी बिष्णु कुमारीको प्रार्थना थियो, अव बाचुन्जेल यस्तो दुःख देख्नु नपरोस् ? दुर्भाग्य फेरी एक बर्ष नहुँदै जेठो छोराले संसार छोडेर गए । शुरु देखि नै परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । सामान्य ज्वोरो र रुघाखोकीको समेत उपचार गर्न नसकेर साहिलो छोराको ज्यान गएको आफन्तले बताएका छन् । दुख पछि सुख आउँछ भन्थे, भेट भएको धेरै पछि ७७ वर्षिया बिष्णु कुमारी लम्तरीले भन्नुभयो “सुख भन्ने कहिल्यै जानेन । ”