घाँस काट्न रुख चढेका सारुको लडेर ज्यान गयो

पाल्पा, असोज १६
पाल्पामा घाँस काट्न रुख चढेका एक पुरुषको लडेर ज्यान गएको छ । दुर्घटनामा बगनासकाली गाउँपालिका ४ खानिछापका ४८ वर्षिय रोमन सिं सारु मगरको ज्यान गएको हो । शुक्रबार दिउँसो १ बजे तिर घर नजिकैको कुटमेरोको रुखमा चढेर घाँस काट्ने क्रमम अचानक रुखबाट खस्दा गंभिर घाइते हुनुभएका सारुलाई उपचारका लागि तानसेन स्थित युनाइटेड मिशन अस्पताल ल्याइएको थियो । तर अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *