प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव

रुपन्देही, असोज १६,
प्रदेश ५ सरकारले राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको छ । शुक्रबार दिउँसो सम्पन्न प्रदेशसभाको छैठौं अधिवेशनको २९ औ बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष द्धय केपि शर्मा वलि र प्रचण्ड बिच सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउन सिफारिस गरेको हो । मन्त्री केसीले पस्ताव पेश गरेलगत्तै केही प्रदेशसभा सदस्यहरुले भने आपत्ती जनाएका छन् ।

सिफारिस समितिले प्रस्ताब गरेभन्दा प्रदेशको राजधानी फरक ठाँउ र कार्यसूचिमा नभएको प्रस्ताव पेश गरिएको भन्दै प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका हुन् । प्रदेशसभा सदस्यहरुले बिरोध जनाएपछि सभामूख पूर्ण बहादुर घर्तीले प्रदेश सभाको आगामी बैठक असोज १९ गतेलाई तोक्नुभएको छ । प्रदेश ५ का नेकपा पार्टी इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री शंकर पोखरेले यस अघि नै दाङमा राजधानी बनाउने घोषणा गर्नुभएको थियो ।

पार्टीका महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा हुनुहुन्थ्यो । प्रतिपक्षी नेपाली काग्रेस रुपन्देहीमै प्रदेश ५ को राजधानी हुनुपर्नेमा जोड दिदै आएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *