मंशिरमा हुने भो उद्योग वाणिज्य महासंघको निर्वाचन

काठमाण्डौं, असोज १५
आउने मंशिरमा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुने भएको छ । बिहीबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाण्डौमा गर्ने निर्णय गरेको हो । गएको चैतमा हुनुपर्ने चुनाव कोरोना संक्रमणको जोखिमका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन स्थगित भएको थियो ।

महासंघको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि गठन गरेको ६ सदस्यीय कार्यदलले महासंघको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाण्डौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मङ्सिर ११ र १२ लाई साधारण सभा तथा चुनावको मिति सिफारिस गरी नेपाल सरकारबाट अनुमति लिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *