वैरागीलाई मुख्य सचिव, खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

काठमाण्डौं, असोज १५
सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । बैठकले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरेको छ । मन्त्री ज्ञवालीका अनुसार कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि निवासी विश्वकर्मालाई सरकारले राजदूत सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय मानिय विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा लामो समय सदस्य भएर काम गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *