पाल्पामा ६ सय ६४ जनाले कोरोना जितेर घर फर्किए

पाल्पा, असोज १४
पाल्पामा ६ सय ६४ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार बुधबार थपिएका ३ जना संक्रमित संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बुधबार तानसेन , रामपुर र रम्भा गाउँपालिकामा १÷१ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो ।

७५ जना सक्रिय संक्रमित रहेको पाल्पामा कोरोना संक्रमणकै कारण ४ जनाको ज्यान गएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *