जंगली च्याउ खाँदा पाल्पामा दिदि भाई बिरामी

पाल्पा, असोज १४
जंगली च्याउ खाँदा पाल्पामा दिदि भाई बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा तिनाउँ गाउँपालिका ६ अर्खलेका ३० बर्षिया मिना सारु र उहाँको भाई १४ बर्षिय कमल अर्घाली बिरामी परेका हुन् ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । च्याउ खाएपछि निरन्तर वान्ता र पखाला लागेपछि उनीहरुलाई अस्पताल लगिएको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *