३ दिन पछि खुल्यो, पाल्पा बुटवलको सडक

पाल्पा, असोज ११
शुक्रबार देखि बन्द रहेको पाल्पा बुटवलको सडक ३ दिन पसछ एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका दर्जनौ स्थानमा झरेका पहिरो हटाएपछि आईतबार दिउँसो सवा ३ बजे बाट एक तर्फी संचालनमा आएका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ठूला ढुङ्गा सहितको पहिरो झरेकाले बाटो संचालनमा समय लागेको प्रहरीको भनाई छ ।

३ दिन सम्म बाटो अवरुद्ध भएपछि दर्जनौ सवारी र यात्रुहरु अलपत्र परेका थिए । अझै पनि दुई तर्फी रुपमा बाटो संचालनमा नआएको र जोखिमपुर्ण रहेकाले यात्रा गर्दा बिशेष शावधानी अपनाउन समेत प्रहरीले आग्रह गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *