शुक्रबार देखि अवरुद्ध पाल्पा बुटवलको सडक अझै संचालनमा आएन

पाल्पा, असोज ११,
शुक्रबार देखि अवरुद्ध पाल्पा बुटवलको सडक अझै संचालनमा आएको छैन । ३ दिन सम्म पनि बाटो नखुलेपछि यात्रुहरु अलपत्र परेका छन् । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका दर्जनौ स्थानमा ठूला ढुङ्गा सहितको पहिरो झरेकाले हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

आइतबार बिहान देखि पहिरो हटाउने काम शुरु भएपनि बाटो संचालन हुन कति समय लाग्छ यकिन नभएको प्रहरीको भनाई छ ।

बाटो अवरुद्ध रहेकाले यात्रा गर्नुअघि नजिकको प्रहरीमा बुझेर मात्रै यात्रा गर्न समेत जिल्ला प्रहरी कार्यालय, पाल्पाले सबै संग आग्रह गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *